Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

Hamro Biratnagar News Channel Calendar मंगलबार, फाल्गुण १९, २०८२  | बिहान ९:०० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । साउदी अरबको राजधानी रियादको कूटनीतिक क्षेत्रमा ड्रोन आक्रमण गरी विष्फोट गराइएको छ ।

समाचार संस्था रोयटर्सले स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार, सोही क्षेत्रमा अवस्थित अमेरिकी दूतावासमा आगलागी भएको छ ।

साउदी अरबको रक्षा मन्त्रालयले प्रारम्भिक अनुमानका आधारमा रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोनले आक्रमण गरेको पुष्टि गरेको छ ।

सामाजिक सञ्जाल एक्समा साझा गरिएको एक विज्ञप्तिमा, दूतावासले यस आक्रमणबाट भवनमा सामान्य आगलागी र सामान्य भौतिक क्षति भएको बताएको छ ।

साउदी अरबका लागि अमेरिकी मिसनले जेद्दा, रियाद र धाहरानका लागि ‘सेल्टर इन प्लेस’ सूचना जारी गरेको छ । यस क्षेत्रका कुनै पनि सैन्य प्रतिष्ठानहरूमा गरिने अनावश्यक यात्रामा प्रतिबन्ध लगाइने दूतावासले जनाएको छ । बीबीसी

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka