Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

अमेरिकाले फेरि इरानमा आक्रमण गरेपछि बढ्यो तनाव

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार २५, २०८३  | बिहान १०:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इरान । अमेरिकाले फेरि इरानमा आक्रमण गरेको दाबी गरेको छ ।

आक्रमण हुनुभन्दा केही घण्टा अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई “भारी क्षति पुर्‍याउने” चेतावनी दिएका थिए । ट्रम्पले यी आक्रमणहरू “इरानले होर्मुज जलडमरूमध्यमा जहाजहरूमा गरेको बमबारीको जवाफ” भएको बताएका छन् ।

बिज्ञापन

उनले यस्तो घटना पुनः दोहोरिए अझ कडा प्रतिक्रिया दिइने चेतावनी पनि दिएका छन् ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार देशका दक्षिणी तटीय क्षेत्रमा विस्फोटको आवाज सुनिएको छ भने फारसको खाडीमा इरानको नियन्त्रणमा रहेका केही टापुहरूलाई निशाना बनाइएको छ ।

इरानी संसदका सभामुख मोहम्मद बगर गालिबाफले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै अमेरिकाले धम्की र वाचा उल्लङ्घनको मूल्य चुकाउनुपर्ने कुरा अझै नबुझेको बताएका छन् । उनले आक्रमण भए त्यसको जवाफी आक्रमण पनि भोग्नुपर्ने चेतावनी दिएका छन् ।

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार इरानले होर्मुज जलडमरूमध्य हुँदै गइरहेका तीन वटा व्यावसायिक जहाजलाई निशाना बनाएको थियो र त्यसकै जवाफमा अमेरिकाले आक्रमण गरेको हो ।

उता इरानले भने अमेरिकी आक्रमणको जवाफस्वरूप बुधबार बिहानै बहरेन र कुवेतमा रहेका अमेरिकी सैन्य अड्डामाथि जवाफी हमला गरेको जनाएको छ ।

यसैबीच ट्रम्पको चेतावनीप्रति प्रतिक्रिया दिँदै इरानी विदेशमन्त्री अब्बास अराघची ले “हामी अभद्रताको जवाफ अभद्रताले होइन, साहसपूर्ण कार्यबाट दिन्छौँ” बताएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa