Premier Cables
Premier Steel

विराटनगर

बिराटनगरमा एचपीभी खोप अभियान सशक्त बनाउन रोटरीको व्यापक जनचेतना तथा प्रचार-प्रसार

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ २६, २०८२  | बिहान १०:५३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगर  महानगरपालिकाको पहलमा सञ्चालन भइरहेको एचपीभी (HPV) खोप अभियानलाई सफल बनाउन रोटरी क्लब अफ बिराटनगर डाउनटाउनले व्यापक रूपमा जनचेतना तथा प्रचार–प्रसार गतिविधि सञ्चालन गरेको छ। कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरूलाई लक्षित यो अभियान पाठेघरको क्यान्सरजस्ता गम्भीर रोगको रोकथामका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।

अभियानबारे जानकारी प्रत्येक समुदायसम्म पुर्‍याउने उद्देश्यले रोटरी क्लबले आइतबार, माघ २५ गतेदेखि माघ २९ गतेसम्म बिराटनगरका १९ वटै वडामा माइकिङ अभियान सञ्चालन गरिरहेको छ। यसका साथै, शहरका विभिन्न मुख्य चोक, विद्यालय आसपास, स्वास्थ्य संस्थान नजिक, बजार क्षेत्र तथा अत्यधिक आवागमन हुने स्थानहरूमा ठूलो संख्यामा सूचना–ब्यानरहरू राखिएको छ, जसले अभियानको दृश्यता र जनविश्वास दुवै बढाएको छ।

बिज्ञापन

यस खोप अभियानको एक महत्वपूर्ण चरण आइतबार, फागुन ८ गते, बिहान १०:३० बजे, आदर्श विद्यालयमा सञ्चालन हुने जानकारी दिइएको छ। कार्यक्रममा छात्राहरूलाई निःशुल्क एचपीभी खोप प्रदान गरिनेछ।

रोटरी क्लब अफ बिराटनगर डाउनटाउनकी अध्यक्ष रोटेरियन गिरिजा सारडाले सार्वजनिक स्वास्थ्यजस्तो संवेदनशील विषयमा महानगरपालिकासँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताउँदै, “सही सूचना सही समयमा समुदायसम्म पुग्दा अभिभावकको विश्वास बढ्छ र यस्ता कार्यक्रमहरू सफल हुन्छन्,” भन्नुभयो।

रोटरी क्लबले स्वास्थ्य, शिक्षा र रोकथाममूलक कार्यक्रममार्फत समुदायमा दीर्घकालीन प्रभाव पार्ने लक्ष्यसहित भविष्यमा पनि यस्ता जनहितका अभियानहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka