Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर समाचार

कोशी प्रदेशमा पर्यटन विषयक साझा संवाद सम्पन्न

वसन्त अधिकारीले सहजीकरण गर्नु भएको संवाद कार्यक्रममा सरकारी, निजी तथा होटल तथा पर्यटन विषयक अध्यापन हुने शिक्षालयका विद्यार्थीहरूको समेत सहभागिता रहेको आयोजक इनोभेट नेक्स्ट इम्प्याक्टकी श्वेता आर्चायले जानकारी दिनु भयो

नोट: यो समाचार १ महिना अघिको हो

सबिन रोका Hamro Biratnagar News Channel Calendar बिहिबार, माघ २२, २०८२  | अपराह्न ३:३२ बजे
Hamro Biratnagar Headlines

विराटनगर। इनोभेट नेक्स्ट इम्प्याक्टको आयोजनामा ‘कोशी प्रदेशमा पर्यटन’ विषयक साझा संवाद कार्यक्रम सम्पन्न भएको छ। आज विराटनगरस्थित पर्यटन, वन तथा वातावरण मन्त्रालयको सभाहलमा सरोकारवालाहरूको उपस्थितिमा साझा संवाद सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा.इन्द्रप्रसाद सापकोटाले कोशी प्रदेश सरकारले घोषणा गरेको कोशी पर्यटन वर्ष – २०८२ ले प्रदेशमा पर्यटनको संस्कार र आधार निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गर्नु भएको थियो। उहाँले कोशी प्रदेशमा पर्यटक भित्राउने सवालमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्दै पर्यटन वर्षले निर्माण गरेको आधारमा टेकेर प्रदेशले पर्यटन विकासमा भूमिका खेल्ने बताउनु भएको थियो।

कोशी पर्यटन वर्ष २०८२ का सह-संयोजक भविषकुमार श्रेष्ठले प्रदेशमा पर्यटकको स्पष्ट तथ्यांक नभएकोले कोशी प्रदेशमा कति पर्यटक आएको भनेर दाबी गर्न सक्ने अवस्था नरहेको बताउनु भएको थियो। उहाँले प्रदेश सरकारले निजी क्षेत्रलाई प्राथिमिकतामा राख्दै कार्य गर्दै आएकोमा पर्यटकको गुणात्मक वृद्धिका लागि नीतिगत पहल गर्नु पर्ने बताउनु भएको थियो।

Nishant Dhungana – Nishant Dhungana is a contributor based in Biratnagar in eastern Nepal. सुप्रिम सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा तारिख बुझ्न सोमबार जिल्ला अदालत रुपन्देही पुगेका लामिछानेले सो अवसरमा रुपन्देहीका पाँच निर्वाचन क्षेत्रका करिब दुई दर्जन स्थानमा पुगेर समर्थकहरूसँग भेटघाट गरेका थिए । केही स्थानमा उनले सम्बोधनसमेत गरेका थिए । यस्तै कार्यक्रम मंगलबार पश्चिम नवलपरासीमा पनि तय गरिएको थियो । तर जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै निर्वाचन आचारसंहिता विपरीत हुने कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको हो ।

संवाद कार्यक्रममा पर्यटन व्यवसायी राजन श्रेष्ठले प्रदेश सरकारले भारतीय पर्यटकहरू नेपाल आउँदा खर्च गर्न प्रोत्साहन गर्ने नीति निर्माण गर्नु पर्ने बताउनु भएको थियो। उहाँले नेपाली सुरक्षाकर्मीहरूले भारतीय पर्यटकहरूलाई गर्ने व्यवहारमा समेत परिवर्तन आउनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो।

संवाद कार्यक्रममा होटल व्यवसायी बासुदेव बराल, होम-स्टे महासंघ, कोशी प्रदेशकी अध्यक्ष लिलादेवी भट्टराईलगायतले प्रदेश सरकारसँगै स्थानीय तहहरू समेत पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण साझेदार हुने विचार राख्नु भएको थियो।

वसन्त अधिकारीले सहजीकरण गर्नु भएको संवाद कार्यक्रममा सरकारी, निजी तथा होटल तथा पर्यटन विषयक अध्यापन हुने शिक्षालयका विद्यार्थीहरूको समेत सहभागिता रहेको आयोजक इनोभेट नेक्स्ट इम्प्याक्टकी श्वेता आर्चायले जानकारी दिनु भयो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka