विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार आकस्मिक रुपमा मन्त्रालय स्तरीय विकास समस्या समितिको बैठक राखे ।
आर्थिक वर्षको आधाभन्दा धेरै समय (सात महिना) बित्न लाग्दासमेत सरकारको काम नै अगाडि नढेको विषयमा बैठक केन्द्रीत थियो । विनियोजित बजेट नै खर्च किन भईरहेको छैन् ?कार्कीको प्रश्न थियो ।
विनियोजित बजेट नै खर्च किन भईरहेको छैन् ?कार्कीको प्रश्न थियो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्यांकअनुसार कोशी सरकारले चालू आर्थिक वर्ष २०८२/०८३ पुस मसान्तसम्म जम्मा रु. ६ अर्ब ४ करोड रुपैयाँमात्र खर्च गरेको छ ।
विकासतर्फ जम्मा रु. १ अर्ब ७० करोडमात्र खर्च भएको छ । विगत तीन वर्षको तथ्यांक हेर्दा यो घट्दो अवस्था हो । सरकारले कुल विनियोजनको १६.८१ प्रतिशतमात्र खर्च गरेको छ ।
सरकारले अघिल्लो दिनमात्र प्रदेश सभा वीरेन्द्र सभागृहमा भाडामा संचालन गर्ने सम्झौता गरेको थियो । आफैले कटहरीस्थित कृषि थोक बजारमा संरचना बनाउनै नसकेपछि रु. ८ लाख भाडा तिर्ने गरी प्रदेश सभा बैठक वीरेन्द्र सभागृहमा राख्ने सम्झौता भएको हो ।
हुन पनि कार्की नेतृत्वको सरकारले काम नै गरेको छैन् भन्ने तथ्यांकले नै देखाएको छ । यद्धपि राजनीतिक कार्यक्रमहरुमा उनले सरकारको कामको बखान गर्दै आएका छन् ।
मुख्यमन्त्री कार्कीले सरकारको बजेट खर्चको गति बढाउन मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । कोसी सरकारले काम नै गर्न नसकेको तथ्य हेरौं तथ्यांकमा ।
