Premier Cables
Premier Steel

शेयर बजार

सेयर बजारमा झिनो अंकको सुधार

Calendar सोमबार, माघ १९, २०८२  | अपराह्न ३:२८ बजे

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.०५ प्रतिशत अर्थात १.५३ अंकले बढेर २ हजार ६९५.७३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१६ प्रतिशतले घटेर ४५९.१६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता सेयर ८ अर्ब २२ करोड ३९ लाख बढीको सेयर कारोबार भयो । अघिल्लो दिन भने ९ अर्ब १० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

बिज्ञापन

आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्, ‘बजारमा एक चरणको करेक्सन सकिएको जस्तो देखिन्छ, जसकारण आज बजार केही सम्हालिएको छ ।

केही दिनअघि सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने भन्ने हल्लाले बजारलाई प्रभाव पारेको थियो । तर त्यो हल्ला अब पुरा नहुने जस्तो देखिएकाले बजार केही सम्हालिन पुगेको जस्तो देखिन्छ । साथै चुनावी माहोल छ, चुनावपछि आउने सरकारले सेयरबजारलाई गतिशिल बनाउने र जेनजीहरुको माग सम्बोधन गर्ने भन्ने आशाले लगानीकर्ताहरु उत्साहित छन् ।’

उनले थपे, ‘साथै अब आउने सरकारले लगानीको वातावरण राम्रो बनाइदिने भन्ने आशा आम लगानीकर्ताहरुको छ । सबैजसो दलहरुले आफ्नो एजेण्डामा पूँजीबजारलाई समेटेको हुँदा वातावरण राम्रो होला भन्ने अपेक्षा छ । साथै दीर्घकालिन लगानीकर्तालाई चिन्ताको विषय छैन, बजार अब सम्हालिदै माथि जान्छ भन्ने विश्वास छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटामा हरियाली छायो भने ८ वटामा रातो पोतियो । आज होटल समूह सर्वाधिक बढ्यो । यो समूह आज १.७७ प्रतिशतले बढ्यो ।

यस्तै विकास बैंक समूह ०.७२ प्रतिशत, उत्पादन तथा प्रशोधन १.४५, निर्जीवन बीमा ०.१९ र व्यापार ०.०२ प्रतिशतले बढ्यो ।

फाइनान्स समूह आज सर्वाधिक अर्थात ०.८९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.०९ प्रतिशत, हाईड्रो ०.१३, लगानी ०.१९, जीवन बीमा ०.३५, लघुवित्त ०.१६, म्युचुअल फण्ड ०.१० र अन्य ०.२५ प्रतिशतले घट्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka