Premier Cables
Premier Steel

शेयर बजार

झिनो अंकले घट्यो सेयर बजार

Calendar मंगलबार, मंसिर १६, २०८२  | साँझ ४:३४ बजे

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज सेयरबजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.०२ प्रतिशत अर्थात ०.५३ अंकले घटेर २ हजार ६६४.७० विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२७ प्रतिशतले घटेर ४५३.९९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको १ करोड ८ लाख १० हजार १०६ कित्ता सेयर ४ अर्ब ४८ करोड १३ रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बिज्ञापन

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘‘प्राविधिक रुपमा बजार ‘डब्लुएक्सवाई’ वेभबाट २७ सयको विन्दुसम्म पुग्ने टार्गेट थियो तर पुग्न सकेन । मार्केटको सिनारियो हेर्दा बजार ‘सी’ वेभमा चलेको देखिन्छ । फन्डामेन्टल रुपमा हेर्दा लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षालाई रियाक्ट गर्न सकेनन् ।

समीक्षा राम्रै आएपनि लगानीकर्ताले गुड रेसपोन्स गर्न नसक्दा मार्केट केही तल जाने देखिन्छ । अब मार्केट माथि जाने टार्गेट र्याली सकिएको देखिन्छ । केही दिन अझै करेक्सन भई २४ सयको विन्दु आसपास मार्केट चल्ने देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । व्यापार समूह आज सर्वाधिक अर्थात ०.७५ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.१७, फाइनान्स ०.२७, हाईड्रो ०.७०, उत्पादन तथा प्रशोधन ०.५१, म्युचुअल फण्ड ०.२५, निर्जीवन बीमा ०.२६ र व्यापार समूह ०.७५ प्रतिशतले बढ्यो । अन्य समूह पनि आज ०.०७ अंकले बढ्यो ।

आज होटल समूह सर्वाधिक अर्थात ०.६२ प्रतिशतले घट्यो । बैंकिङ समूह ०.५८ प्रतिशत, लगानी ०.०४, जीवन बीमा ०.५७ र लघुवित्त ०.०६ प्रतिशतले घट्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka