Premier Cables
Premier Steel

कोशी प्रदेश

राष्ट्रिय सभामा कोशीबाट सांसद छान्न मतदान शुरु

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, माघ ११, २०८२  | बिहान १०:३९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत मतदान प्रक्रिया सुरु भएको छ। विराटनगरस्थित मतदान केन्द्रमा आज बिहानदेखि मतदान जारी छ।

आगामी फागुन २० गतेदेखि रिक्त हुन लागेको राष्ट्रिय सभाका १८ पदका लागि आज सातै प्रदेशमा एकैसाथ निर्वाचन भइरहेको छ। सोहीअनुसार कोशी प्रदेशमा मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।

बिज्ञापन

कुल १८ पदमध्ये कोशी प्रदेशको खस आर्य समूहअन्तर्गतको एक पदमा भने निर्वाचन हुन नपरी उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा खस आर्य समूहबाट निर्विरोध निर्वाचित भएका हुन्। बाँकी १७ पदका लागि भने आज मतदान भइरहेको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका प्रमुख तथा उपप्रमुख, साथै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ। निर्वाचन आयोगका अनुसार मतदान प्रक्रिया शान्तिपूर्ण र मर्यादित रूपमा अघि बढिरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka