Premier Cables
Premier Steel

राजनीति

राष्ट्रिय सभा निर्वाचनमा कुन-कुन दलबीच भयो गठबन्धन ?

Calendar बुधबार, पुष २३, २०८२  | बिहान ७:१६ बजे

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा प्रमुख तीन राजनीतिक दल र लोकतान्त्रिक समाजवादी पार्टी-लोसपाबीच सिट बाडफाँट गरेर चुनावी सहकार्य गर्ने सहमति भएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र लोसपावीच राष्ट्रिय सभामा चुनावी सहकार्य गर्ने सहमति भएको हो । १८ सदस्यका लागि बुधबार हुने उम्मेदवार मनोनयनमा प्रमुख तीन दल र लोसपाबीच चुनावी तालमेल गर्नेगरी सिट बाँटफाँटसमेत भइसकेको छ, जसअनुसार कांग्रेसले ८, एमालेले ७, नेपाली कम्युनिष्ट पार्टीलाई २ सिट र जसपालाइ १ सिट दिने अनौपचारिक सहमति भइसकेको नेताहरुले जनाएका छन् ।

बिज्ञापन

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत तालमेल गर्ने निर्णय गरेको छ । तर दलहरुले राष्ट्रिय सभा निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने टुङगो लगाइसकेको छैनन् ।

नेपाली कांग्रेस क्लस्टरअनुसार उम्मेदवार छनोटमा जुटेको छ ।

यता नेकपा एमालेको केन्द्रीय पदाधिकारी बैठकले उम्मेदवारको छनोटको जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।

अन्य दलहरू समेत उम्मेदवार छनोटमा जुटेका छन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka