विराटनगर — रोटरी क्लब का विराटनगर डाउनटाउन र नेपाल उद्योग परिसंघ कोशी प्रदेशको संयुक्त आयोजनामा विराटनगरमा ‘CODE OF GRACE’ नामक ५ घण्टे रूपान्तरणकारी मास्टरक्लास आयोजना गरिने भएको छ।
यस विशेष कार्यक्रममा Mrs. India 2024–25 तथा Executive Presence, Confidence & Etiquette Educator निवृति गुप्ता चाण्डक को विशेष उपस्थिति रहनेछ। भारतबाट आमन्त्रित facilitator निवृति गुप्ता चाण्डकले आत्मविश्वास, प्रभावकारी संवाद, सामाजिक शिष्टाचार, व्यक्तित्व विकास र नेतृत्व क्षमताबारे व्यावहारिक प्रशिक्षण प्रदान गर्नुहुनेछ।
कार्यक्रम gender-neutral प्रकृतिको रहेको छ र यसमा psychology, communication, body language, etiquette तथा self-awareness लाई सरल र व्यवहारिक रूपमा प्रस्तुत गरिने आयोजकहरूले जानकारी दिएका छन्। कार्यस्थल, सामाजिक परिवेश तथा दैनन्दिन जीवनमा आत्मविश्वास र गरिमायुक्त प्रस्तुति विकास गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
यो मास्टरक्लास विद्यार्थी, professionals, entrepreneurs, उद्योगी–व्यवसायी, नेतृत्वकर्ता तथा गृहिणी सबैका लागि खुला रहनेछ।
कार्यक्रम फेब्रुअरी १ वा २ तारिख (अन्तिम मिति छिट्टै पुष्टि गरिने) मा विराटनगरमा आयोजना हुने बताइएको छ भने स्थान चाँडै सार्वजनिक गरिनेछ।
Rotary Club of Biratnagar Downtown की अध्यक्ष रोटे. गिरिजा सारडाले यस किसिमका सीप विकास तथा व्यक्तित्व सशक्तिकरण कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
