Premier Cables

विराटनगर

पाञ्चाली संस्कृत विद्यालयमा ‘सेवा को सिरक’ अन्तर्गत रजाइँ वितरण

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष ३०, २०८२  | बिहान ७:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जाडो मौसमलाई मध्यनजर गर्दै पाञ्चाली संस्कृत विद्यालयमा ‘सेवा को सिरक’ कार्यक्रमअन्तर्गत रजाइँ तथा सुन्तला वितरण गरिएको छ।

कार्यक्रममार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानोपन र पोषण प्रदान गर्ने उद्देश्य राखिएको थियो।

विज्ञापन

कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई रजाइँ वितरण गरिनुका साथै स्वास्थ्यलाई ध्यानमा राख्दै सुन्तला पनि प्रदान गरिएको थियो।

यस पहलले विद्यार्थीहरूलाई जाडोबाट जोगिन सहयोग पुगेको र उनीहरूमा उत्साह देखिएको विद्यालय प्रशासनले जनाएको छ।

कार्यक्रमलाई सफल बनाउन रोटेरियन गिरिजा सार्डा, पूनम राठी, स्नेहा अटल, अनिता सोनी तथा सरिता गोल्छाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

आयोजक संस्थाले यस्ता सेवा मूलक कार्यक्रमहरूले विद्यार्थीहरूको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै भविष्यमा पनि निरन्तर रूपमा यस्ता सहयोगात्मक गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka