Premier Cables
Premier Steel

कोशी प्रदेश

असहायहरुको सेवामा समर्पित कांग्रेसकी मन्धरा चिमरिया चुनावी मैदानमा

Calendar बिहिबार, माघ ०८, २०८२  | बिहान १०:१२ बजे

दमक । आसन्न फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि झापा ५ मा मनोनयन दर्ता गराएका उम्मेदवारहरु मध्येकी झापा ५ को दमक ९ की स्थायीबासिन्दा हुन नेपाली कांग्रेसकी नेतृ मन्धरा चिमरिया पौडेल ।

सञ्चार क्षेत्रको समेत नजरमा नपुगेकी तर असली समाजसेवा र यस क्षेत्रकी असली स्थानीय उम्मेदवार हुन मन्धरा चिमरिया पौडेल । उनी भन्छिन– म नैं यो क्षेत्रबासी असली उम्मेदवार हुँ । राजनीतिक प्रतिशोधको भावना राखेर यहाँ चुनाव लड्न आएका र सधैं यो ठाउँलाई भोट बैंक बनाएका अरु उम्मेदवार र यहींको दुखसुखमा , यहाँको सेवामा बिना कुनै स्वार्थ लागेको उम्मेदवार को को हुन ? भन्ने आम मतदातालाई सुसुचित गराउने काममा न त यहाँका सञ्चार क्षेत्र लागेका छन न त सामाजिक अभियान्ता र अगुवाहरुनै ।

बिज्ञापन

प्रस्तुत छ झापा ५ मा कांग्रेसका तर्फबाट अघि सारिएकी उम्मेदवार मन्धरा चिमरिया पौडेलको परिचय र सामाजिक , राजनीतिक योगदान मन्धरा चिमरिया ( पौडेल) झापाको महिला नेतृत्वमा स्थापित नाम हो । २०१९ सालमा बुबा लाल बहादुर चिमरिया र आमा गोमा चिमरियाको कोखबाट तेस्रो सन्तानको रुपमा जन्मिएकी मन्धराले प्रारम्भिक शिक्षा ताप्लेजुङकै फुङलिङमा लिएकी हुन् ।

कक्षा ७ देखि धरानको तत्कालिन बालिका माविबाट २०३७ सालमा एसएलसी उत्तिर्ण गरेकी उनले धरानको महेन्द्र क्याम्पसमा क्याम्पस तहको अध्ययन शुरु गरेपनि २०३८ सालदेखिनै लोकसेवा मार्फत निजामती सेवामा जागिर शुरु गरेकी थिइन् ।

२०४३ साल बैशाख ४ गते खोटाङका राजेन्द्र पौडेलसंग बैबाहिक जिवन शुरु गरेकी उनले काठमाडौंको त्रिपुरेश्वरमा घरेलु उद्योग कार्यालयदेखि नेपालगञ्ज, राजविराज, गाईघाट हुँदै दमक नगरपालिका सम्म २०५१ साल सम्म जागिरको सिलसिलामा १३ बर्ष विताइन् ।

बहुदलीय व्यवस्था शुरु भएसंगै राजनीतिमा समेत आवद्ध हुन पाउने भएपछि पौडेल २०४८ सालदेखिनै नेपाली कांग्रेसको क्रियाशील सदस्य भइन् ।

उनले कांग्रेस र कांग्रेस सम्बद्ध नेपाल महिला संघको नेतृत्वमा वडादेखि जिल्ला सम्म जिम्मेवारी सम्हालेकी अनुभवी नेतृ हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा लोकप्रिय मतसहित महासमिति सदस्य चुनिएकी पौडेल राजनीतिक प्लेटफर्म बाहेक असली समाजसेवाको बाटो रोजेकी साहसी र शालिन महिला नेतृ हुन् ।

उनी अन्य सामाजिक संघ संस्थाहरुमा समेत उत्तिकै क्रियाशील छिन् । आफ्नै नेतृत्वमा स्थापना भएको जनचेतना महिला विकास संघ दमक १४ मा २०५९ सालदेखि निरन्तर अध्यक्ष पदमा छिन् ।

सामुदायिक प्रहरी सेवा केन्द्र दमकमा दुई कार्यकाल र दमक नगर महिला समन्वय समितिको उपाध्यक्षमा समेत जिम्मेवारी निर्वाह गरिसकेकी पौडेलले १३ बर्ष सम्म दमकको सरस्वती माविको व्यवस्थापन समितिमा समेत जिम्मेवारी निर्वाह गरिन् ।

महिला र बालबालिकाको क्षेत्रमा समर्पित राष्ट्रिय महिला अधिकार मञ्चको केन्द्रिय उपाध्यक्ष भएर महिला हक अधिकारका पक्षमा योगदान दिँदै आएकी मन्धरा अनाथ बाल आश्रम दमक ९ की अध्यक्ष पनि हुन् ।

उनकै अगुवाईमा असहाय बालबालिकाहरुको हेरचाह र संरक्षण गर्ने अभिभावकीय थलोका रुपमा रहेको अनाथ बाल आश्रममा अहिले पनि झण्डै ३० जना असहाय बालबालिकाहरु आश्रित छन् । ति बालबालिकाहरुको खानपान, स्वास्थ्योपचारदेखि बिद्यालय तहको पढाई समेत मन्धराकै नेतृत्वमा चलिरहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka