Premier Cables
Premier Steel

कोशी प्रदेश

झापा ५ मा ओलीभन्दा बालेन धेरै मतले अगाडि

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण २३, २०८२  | बिहान ७:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापा क्षेत्र नम्बर–५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले उल्लेख्य अग्रता बनाएका छन्।

पछिल्लो मतपरिणाम अनुसार शाहले ३२ हजार ३३६ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीभन्दा ठूलो मतान्तर कायम गरेका छन्। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ८ हजार ५१८ मतसहित दोस्रो स्थानमा रहेका छन्। शाह र ओलीबीचको मतान्तर २३ हजार ८१८ पुगेको छ।

बिज्ञापन

यस्तै श्रम संस्कृत पार्टीका समीर तामाङ ५ हजार ४७८ मतसहित तेस्रो स्थानमा छन्। नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ९३० मत प्राप्त गरेकी छिन् भने नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङले ८३१ मत पाएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka