विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई जिताउने हो भने बाहियात प्रश्न नगर्द पत्रकारहरुलाई सुझाव दिएका छन् ।
मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरुले प्रश्न सोध्न थालेपछि कोइरालाले यस्तो बताएका हुन । उनले टिकट विवरण प्रक्रियाबारे आफूलाई नभएर वितरण गर्नेलाई प्रश्न गर्न भने ।
पुराना अनुहारलाई नै दोहोर्याएको र टिकट वितरणमा न्याय नभएको भन्ने प्रश्नमा कोइरालाले ‘उम्मेदवारको नाम किन दोहोरियो र कसले पायो भन्ने कुरा टिकट दिने साथीहरूलाई सोध्न आग्रह गरे ।
पुस्तान्तरण र आगामी प्रधानमन्त्रीको उम्मेदवारका विषयमा उनले ‘त्यो त पार्लियामेन्ट्री बोर्ड र पार्टीले गर्ने निर्णय गर्ने विषय भएको बताए ।
उनले भने, ‘नेपाली कांग्रेसलाई जिताउने हो भने यस्ता वाइयात कुराहरू नगर्नुस्, राम्रा कुराहरू गर्नुस्।’
पार्टीको आन्तरिक विवाद र प्रधानमन्त्रीको दौडका बारेमा धेरै चर्चा नगर्न आग्रह गरे। कोइराला मोरङ ६ मा यसअघि पनि उठेका थिए ।
