विराटनगर । मोरङ क्षेत्र नम्बर ६ का कांग्रेस उमेदवार मतदातासँग साक्षात्कार गर्न सक्रिय भएका छन् ।
बुधबार विराटनगर वार्ड नं १२ का मतदाताहरुसँग उनले छलफल गरेका छन् । छलफलका क्रममा स्थानीयले सो क्षेत्रमा विकाससँग सम्बन्धित विद्यमान समस्याका विषयमा जानकारी गराएका थिए ।
कोइरालाले पत्नी शोकमा रहनुभएका विराटनगर वार्ड नं ११ निवासी नेपाली कांग्रेसका कृयासील सदस्य एवं पूर्व वडाध्यक्ष खेम सापकोटालाई समवेदना दिएका छन् ।
सापकोटा निवास पुगेर कोइरालाले समवेदना व्यक्त गरेका हुन् ।
यसैगरी हजुरआमाको शोकमा रहेका विराटनगर १२ निवासी प्रकाश राजवंशी लगायत परिवारजनलाई पनि कोइरालाले समवेदना व्यक्त गरेका छन् ।
आफ्नो क्षेत्रमा आफ्नो पहलमा भएका काम र गर्नुपर्ने कामको विषयमा कोइरालाले छलफल तीव्र पारेका हुन् ।
अघिल्लो निर्वाचनमा विजयी भएका कोइराला यस पटक पनि सोही क्षेत्रमा कांग्रेसबाट उमेदवार छन् ।
