Premier Cables
Premier Steel

राजनीति

मोरङका ६ निर्वाचन क्षेत्रका उमेदवार मनोननय दर्ता कहाँ-कहाँ ?

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ ०५, २०८२  | राती ८:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भोलि (मंगलबार) उम्मेदवारी दर्ता गरिने भएको छ ।

मोरङका छवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनका लागि निर्वाचन अधिकृतका कार्यालयहरूले सम्पूर्ण तयारी पूरा गरेका छन् ।

बिज्ञापन

निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी मणीराम पोखरेलका अनुसार सबै निर्वाचन क्षेत्र मनोनयन दर्ताका लागि तयार अवस्थामा छन् । भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ ।

मोरङ निर्वाचन क्षेत्र नम्बर १ को मनोनयन दर्ता उर्लाबारी नगरपालिकाको कार्यालयमा हुनेछ । यस्तै, क्षेत्र नम्बर २ को रतुवामाईस्थित विश्वनाथ मन्दिर, क्षेत्र नम्बर ३ को बेलबारी नगरपालिका–३ को वडा कार्यालय, क्षेत्र नम्बर ४ को विराटनगर–१ स्थित त्रिवेणी चोकको बाल उद्यान, क्षेत्र नम्बर ५ को विराटनगरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालय तथा क्षेत्र नम्बर ६ को विराटनगर देवकोटा चोकमा रहेको जिल्ला समन्वय समितिको कार्यालयमा मनोनयन दर्ता गरिनेछ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आवश्यक सुरक्षा व्यवस्था तथा जनशक्ति परिचालन पूरा भइसकेको जनाएको छ । मोरङका यी छवटै निर्वाचन क्षेत्रमा राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरूले पनि मनोनयन दर्ता गर्नेछन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशी सरकारले ‘सक्षम छोरी’ कार्यक्रम सञ्चालन गर्ने, २ लाख ७५ हजार छात्रा लाभान्वित हुने अपेक्षा

Clock Iconसोमबार, असार ०१, २०८३

कोसी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोडको बजेट

Clock Iconसोमबार, असार ०१, २०८३

कोसीमा स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६१ करोड, कृषि-उद्योग र सहकारीमा २ अर्ब ९२ करोड बजेट

Clock Iconसोमबार, असार ०१, २०८३

कोसीका स्थानीय तहमा रु. ६ अर्ब ८१ करोड ३० लाख अनुदान हस्तान्तरण, सशर्त अनुदानको हिस्सा धेरै

Clock Iconसोमबार, असार ०१, २०८३

कोसी प्रदेशको आर्थिक वृद्धिद्धदर पाँच प्रतिशत हुने प्रक्षेपण

Clock Iconसोमबार, असार ०१, २०८३

कोशी प्रदेशले आज करिब ३९ अर्बको बजेट ल्याउँदै, पूर्वाधार र सामाजिक क्षेत्र प्राथमिकतामा

Clock Iconसोमबार, असार ०१, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka