Premier Cables
Premier Steel

अपराध

ग्रामथानमा जुवा र नगदसहित चार जना नियन्त्रणमा

Calendar शनिबार, माघ ०३, २०८२  | साँझ ६:२३ बजे

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका वडा नं ४ जुरीखोला छेउस्थित बाँस झ्याङमा जुवाको खाल बनाई जुवाजन्य खेल खेल्दै गरेका मानिसहरु पक्राउ परेका छन् ।

प्रहरीले विशेष सूचनाको आधारमा खालमा छापा हानेको थियो ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा जुवाजन्यखेल खेल्दै गरेको अवस्थामा चार जना पक्राउ परेको डिएसपी हरिनन्दन चौधरीले जानकारी दिएका छन् ।

उनीहरुको साथबाट तीन लाख तेह्र हजार नगदसहित कौडा लगायत सामग्री बरामद भएको थियो ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगर वडा नं ९ बस्ने वर्ष ५७ को जयकिशोर साह, मोरङ कटहरी १ बस्ने वर्ष ४२ को सोनलाल राजवंशी,सुनसरी धरान बस्ने ५६ को हेमन्त राई र मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं ५ बस्ने वर्ष ४७ को इन्द्र आचार्य छन् । उनीहरुको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka