Premier Cables
Premier Steel

अपराध

विराटनगरमा जुवा खेल्दै गरेका ४ जना पक्राउ, नगद र मोटरसाइकल बरामद

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०९, २०८२  | साँझ ४:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । असोज ८ गते बेलुकी करिब १० बजे, विराटनगर महानगरपालिका–१४ स्थित जतुवा बस्ने राजेश रञ्जितकारको घरमा जुवा तास खेलिरहेको अवस्थामा ४ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले छापा मार्दै उनीहरूलाई रु. ८५,९८५ नगद रकम र ३ थान मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।

बिज्ञापन

पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले जुवा तासजस्ता अवैध क्रियाकलापहरूविरुद्ध निगरानी बढाएको पनि जानकारी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa