Premier Cables

समाचार

कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान शुरु

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज ०७, २०८२  | अपराह्न १:०२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन आह्वानको माग तीव्र बनेको छ।

पार्टीभित्र बढ्दो असन्तुष्टि र नेतृत्वप्रति प्रश्न उठ्न थालेपछि १०९ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गर्दै विशेष महाधिवेशनको मागसहित अभियान सुरु गरेका छन्।

विज्ञापन

६ असोजदेखि सुरु भएको यो हस्ताक्षर अभियानको अगुवाइ गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साह लगायत नेताहरूले गरेका छन्। उनीहरूले अभियानलाई सबै प्रदेशमा विस्तार गर्ने तयारी पनि गरेका छन्।

विधानअनुसार विशेष महाधिवेशन कसरी बोलाउने?
नेपाली कांग्रेसको विधानको दफा १७(२) अनुसार विशेष महाधिवेशन दुई तरिकाले बोलाउन सकिन्छ ।

केन्द्रीय कार्यसमितिले आवश्यक ठानेर निर्णय गर्ने वा कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष कारणसहित लिखित रूपमा अनुरोध गरेमा पनि हुन सक्छ ।

यस्ता अवस्थामा पार्टीले निवेदन प्राप्त भएको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने कानुनी व्यवस्था छ।

केन्द्रीय समिति अवरोध, हस्ताक्षर अभियानको विकल्प
नेताहरूका अनुसार हालको केन्द्रीय समिति विशेष महाधिवेशन बोलाउने सम्भावना अत्यन्त कम देखिएकोले हस्ताक्षर संकलनमार्फत दबाब सिर्जना गर्न बाध्य भएका हुन्। अगुवा नेता नारायण भट्टराईका अनुसार यो अभियान कुनै विशेष समूहको नभई सबै पक्षका प्रतिनिधिहरूको साझा प्रयास हो।

हस्ताक्षरकर्ताहरूले एक विज्ञप्ति जारी गर्दै पार्टी हालको जटिल राजनीतिक अवस्थामा निष्क्रिय बनी बस्न नहुने बताएका छन्। विज्ञप्तिमा पार्टीको विगत नीति, निर्णय र कार्यशैलीप्रति आलोचना गर्दै वर्तमान नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्ने माग गरिएको छ।

साथै, नेतृत्वमाथि प्रश्न उठाउने कार्यकर्ताहरूलाई विभेद गरिएको र किनाराकृत गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka