Premier Cables

राजनीति

आधिकारिता दाबी गर्न देउवा समूह पुग्यो निर्वाचन आयोग

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, माघ ०२, २०८२  | बिहान १०:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसभित्र सभापतिको आधिकारिकता विवाद चुलिँदै गएको छ।

विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति निर्वाचित भएपछि उत्पन्न विवादका बीच शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरू निर्वाचन आयोग पुगेका छन्।

विज्ञापन

देउवा पक्षका नेता कल्याण गुरुङका अनुसार केन्द्रीय समितिका पदाधिकारी, जिल्ला सभापतिहरू, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिसहितको टोली आफ्ना धारणा राख्न निर्वाचन आयोग पुगेको हो। ‘हामी हाम्रो पक्ष राख्न आयोगमा आएका छौं,’ उनले बताए।

पुस २७ गतेदेखि माघ १ गते बिहानसम्म चलेको विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएका थिए। त्यसपछि देउवा पक्ष र थापा पक्ष दुवैले आफू नै पार्टीको आधिकारिक नेतृत्व भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।

यस विषयमा आयोगले दुवै पक्षका निवेदनमाथि छानबिन भइरहेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka