Premier Cables

राजनीति

देउवा पक्षको ठहर: एकताको बहस हुनुपर्छ

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख ०६, २०८३  | साँझ ४:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । शेरबहादुर देउवा पक्षको भेलाले पार्टी एकताका लागि वर्तमान नेतृत्वले जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले आधिकारिकता दिएपछि देउवा समूहका पूर्वकेन्द्रीय सदस्यहरू आगामी रणनीति तय गर्न भेला भएका हुन्।

भेलामा सहभागी नेता कुन्दनराज काफ्लेले सर्वोच्च अदालतको निर्णयपछि पार्टी कसरी अघि बढ्ने भन्ने विषयमा विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूबीच छलफल भएको जानकारी दिए। उनले विगतमा कांग्रेसले भोगेका उतारचढाव र वर्तमान अवस्थाबारे पनि गहन समीक्षा गरिएको बताए।

विज्ञापन

काफ्लेले पार्टीभित्र एकता कायम गर्न सबै नेता तथा कार्यकर्ताको आत्मबल बलियो बनाउनुपर्नेमा जोड दिए। उनले कांग्रेसको संगठन बलियो हुँदाहुँदै पनि मत किन घट्दै गएको भन्ने प्रश्न उठाउँदै असन्तुष्ट कार्यकर्तालाई समेट्ने र कमजोरीहरूको समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।

उनका अनुसार, पार्टीप्रति जनताको असन्तुष्टि र साना दलप्रतिको आकर्षणका कारणबारे नेतृत्वले गम्भीर रूपमा समीक्षा गर्नुपर्छ। यसका लागि सानेपास्थित पार्टी कार्यालयले संवादका लागि खुला वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ।

‘सानेपाको भित्तामा कराएर मात्रै समाधान हुँदैन, आफ्ना धारणा राख्ने खुला ठाउँ हुनुपर्छ,’ उनले भने, ‘पार्टीभित्र मतभेद रहनु स्वाभाविक हो, तर एकताका लागि नेतृत्वले जिम्मेवारी लिनुपर्छ।’

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka