Premier Cables
Premier Steel

राष्ट्रिय

जनकपुर अस्पतालमा बच्चा साटिएको घटना के हो ?

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०९, २०८३  | बिहान ७:०८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक अस्पतालमा जन्मिएको नवजात शिशु साटिएको आशंका गर्दै महोत्तरीका एक युवकले डीएनए परीक्षणको माग गरेका छन्।

महोत्तरीको भङ्गहा नगरपालिका–९ निवासी २४ वर्षीय अरुण सदाले घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएका हुन्।

विज्ञापन

अरुणका अनुसार, उनकी २० वर्षीया पत्नी सरिता सदालाई प्रसव व्यथा लागेपछि शुक्रबार अपराह्न ४ बजे जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। सोही दिन साँझ ६ बजेर ३७ मिनेटमा उनले शिशुलाई जन्म दिएकी थिइन्।

अरुणले बच्चा जन्मिएपछि आफू र परिवारका अन्य सदस्यलाई देखाउँदा छोरा रहेको तर केही समयपछि हेर्दा छोरी देखिएको दाबी गरेका छन्। अस्पतालका नर्सले पनि छोरी नै भएको बताएपछि शिशु साटिएको हुन सक्ने आशंका उत्पन्न भएको उनको भनाइ छ।

घटनाबारे वास्तविकता पत्ता लगाउन अरुणले नवजात शिशु र आफ्नो डीएनए परीक्षणका लागि आवश्यक नमुना संकलन गरिदिन शनिबार प्रहरीसमक्ष आग्रह गरेका छन्।

यद्यपि, शिशु साटिएको विषयमा स्वतन्त्र पुष्टि भइसकेको छैन। डीएनए परीक्षण तथा सम्बन्धित निकायको अनुसन्धानपछि मात्रै घटनाको वास्तविकता स्पष्ट हुनेछ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka