Premier Cables
Premier Steel

समाचार

पशुपति क्षेत्र विकास कोषभित्रै जुवा खेल्ने ७ जना पक्राउ

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar आइतबार, जेठ ०४, २०८२  | राती ८:३४ बजे

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं काठमाडौं महानगरपालिका- ८ जयवागेश्वरीस्थित पशुपति क्षेत्र विकास कोषको पाले सुत्ने घरमा जुवातास खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जयवागेश्वरी बस्ने ६६ वर्षीय भीम संगत, ६७ वर्षीय कविन्द्र भण्डारी, ५९ वर्षीय ईश्वरराज भण्डारी, ४५ वर्षीउ अनुज संगत र ५६ वर्षका बुद्धि तामाङ तथा धादिङको गजुरी गाउँपालिका- ८ घर भएका ४३ वर्षीय देवीबहादुर अधिकारी र बागलुङको वेशीखोला गाउँपालिकाण् १ घर भएका ५४ वर्षका रेशम सिजालीलाई १ लाख ७ हजार ९१५ रूपैयाँसहित नियन्त्रणमा लिइएको छ ।

बिज्ञापन

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद र ४ बुक ताससहित पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका- २९ अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुरको मध्यपुर थिमि नगरपालिका– ३ बस्ने दोलखा भीमेश्वर नगरपालिका- ७ घर भएका ४० वर्षीय रामजी बस्नेतसहित १० जनालाई २ लाख ५७ हजार ४०० रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरिएको छ ।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka