Premier Cables
Premier Steel

खेलकुद

नेपाल भलिबल लिग: के छन् ‘ट्रफी’ का विशेषता?

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ०९, २०८३  | बिहान ८:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपालमा आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज भलिबल लिग ‘एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग’ (एनभीएल) को ट्रफीमा नेपालको प्राकृतिक, सांस्कृतिक र भौगोलिक विविधता समेटिएको छ। नेपाल भलिबल सङ्घको सहयोगमा केडिया ग्रुपद्वारा भदौ १९ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा एनभीएल सञ्चालन हुँदै छ।

‘नेपालको डीएनए’ को अवधारणामा तयार पारिएको ट्रफीको डिजाइन एनभीएलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष उपाध्यायले गरेका हुन् भने प्रसिद्ध मूर्तिकार रवि शाक्यले ट्रफीको निर्माण गरेका हुन्। ट्रफीमा नेपालको हिमाल, जैविक विविधता, संस्कृति, सम्पदा, आध्यात्मिकता र प्रकृतिको कथा समेटिएको छ।

बिज्ञापन

ट्रफीको मुख्य संरचना दोहोरो ‘डीएनए हेलिक्स’ ढाँचामा निर्माण गरिएको छ, जसमा जीवनको आधारभूत संरचना र नेपालको पहिचानको अन्तरसम्बन्धलाई प्रस्तुत गरिएको छ। यसका दुई स्ट्र्यान्डमा मिथिला कलाको प्रयोग गरी एकातिर नेपालका जीवजन्तु तथा चराचुरुङ्गी र अर्कोतिर वनस्पति एवम् औषधीय जडीबुटीका आकृतिहरू कोरिएका छन्।

ट्रफीको माथिल्लो भागमा नेपालका आठ हजार मिटरभन्दा अग्ला आठ हिमालका प्रतीक चुचुराहरू राखिएका छन्। यसको शीर्ष भागमा शुभ प्रतीकका रूपमा अष्ट–मंगल र त्यसको सबैभन्दा माथि भलिबल राखिएको छ। साथै, ट्रफीभित्र गणेश हिमालबाट ल्याइएको मौलिक क्वाट्र्ज क्रिस्टललाई पवित्र कमलको फूलमाथि राखिएको छ।

ट्रफीको संरचनामा हिमाली क्षेत्रको प्रतीकका रूपमा राष्ट्रिय चरा डाँफे र राष्ट्रिय फूल लालीगुराँसलाई माथिल्लो भागमा स्थान दिइएको छ भने पहाड र तराईको पहिचानका रूपमा राष्ट्रिय जनावर गाई र तुलसीलाई तल्लो भागमा समेटिएको छ।

यसैगरी, ट्रफीमा पशुपतिनाथ, चाँगुनारायण, बौद्धनाथ, स्वयंभूनाथ, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर र लुम्बिनी गरी आठ प्रमुख ऐतिहासिक तथा सांस्कृतिक सम्पदा स्थलहरूलाई समावेश गरिएको छ। खेलकुदको उपाधिसँगै नेपालको भूगोल, सभ्यता र सम्पदाको संक्षिप्त यात्रा प्रस्तुत गर्ने गरी यो ट्रफी तयार पारिएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka