Premier Cables
Premier Steel

विराटनगर

ऊर्जा मन्त्री श्रेष्ठ र सांसद आचार्यद्वारा विराटनगरको केसलिया डुबान प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ०८, २०८३  | राती ८:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । ऊर्जा मन्त्री विराजमान श्रेष्ठ र मोरङ क्षेत्र नं. ६ की सांसद रुबिना आचार्यले विराटनगर केसलिया डुबान प्रभावित क्षेत्र तथा सुकुम्बासी बस्तीको स्थलगत निरीक्षण गर्नुभएको छ।

अनुगमनका क्रममा टोलीले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उहाँहरूका समस्या, गुनासा र तत्कालीन आवश्यकताका सम्बन्धमा जानकारी लिएको छ।

बिज्ञापन

अनुगमनका क्रममा मन्त्री श्रेष्ठ र सांसद आचार्यको टोलीले वडा नं. १२ स्थित सुकुम्बासी क्षेत्रका साथै वडा नं. ६ र ११ अन्तर्गत पर्ने केसलिया नदी तटीय क्षेत्रको अवलोकन गरेको थियो।


त्यसैगरी, वडा नं. ६ को भरमपुरा पुल हुँदै वडा नं. ५ सम्म पुगेर टोलीले नदी कटान र वर्षायाममा हुने डुबानको सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएको छ।

स्थलगत निरीक्षणका क्रममा स्थानीयवासीले बर्खाको समयमा भोग्नुपरेको बाढी, नदी कटान र अव्यवस्थित बसोबासका कारण उत्पन्न समस्याहरूबारे ध्यानाकर्षण गराएका थिए। सो पश्चात् भ्रमण टोली बूढीगंगा गाउँपालिका वडा नं. २ को डुबान प्रभावित क्षेत्रमा समेत पुगेर त्यहाँको वस्तुस्थिति अध्ययन गरेको थियो।

सो अवसरमा मन्त्री श्रेष्ठले नदी तटबन्ध र डुबानको दिगो समाधानका लागि प्राविधिक अध्ययन गराई मन्त्रालयका तर्फबाट आवश्यक अल्पकालीन र दीर्घकालीन योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सांसद रुबिना आचार्यले नागरिकका समस्या समाधानका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग आवश्यक समन्वय गरी बजेट तथा पूर्वाधार निर्माणमा पहल गर्ने बताउनुभयो।

स्थलगत अनुगमनमा स्थानीय जनप्रतिनिधि, प्राविधिक टोली तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो। प्राप्त सुझाव र निरीक्षणका आधारमा प्रभावित क्षेत्रमा विपद् व्यवस्थापनका कामलाई प्राथमिकताका साथ अगाडि बढाइने जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka