Premier Cables
Premier Steel

विराटनगर समाचार

श्रोत नखुलेको नगदसहित नन्दलाल बाहेती पक्राउ

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, पुष २५, २०८२  | साँझ ४:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिका–१७ मटेरुवा क्षेत्रमा श्रोत नखुलेको नगदसहित एक व्यक्ति प्रहरीले नियन्त्रणमा लिएको छ।

पुस २५ गते अन्दाजी ११:४५ बजेको समयमा अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले जोगबनीबाट विराटनगरतर्फ आउँदै गरेको BR 38AA 8306 नम्बरको स्कुटरलाई रोकी चेकजाँच गरेको थियो।

बिज्ञापन

चेकजाँचका क्रममा स्कुटर चालक भारतको बिहार राज्य अन्तर्गत अररिया जिल्ला, फारबिसगञ्ज निवासी ५५ वर्षीय नन्दलाल बाहेतीले आफ्नो शरीरका विभिन्न भागमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली नगद फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले निज बाहेतीको साथबाट नेपाली रुपैयाँ १,००० दरका ३०० थान, ५०० दरका ४ थान र १०० दरका ११ थान गरी जम्मा रु. ३,०३,१०० (तीन लाख तीन हजार एक सय) बरामद गरेको हो।

निज नन्दलाल बाहेतीलाई नगद रकम र स्कुटरसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय, रानीमा ल्याइएको छ भने घटनासम्बन्धी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka