Premier Cables
Premier Steel

शेयर बजार

सेयरबजार सामान्य अंकले बढ्यो

Calendar बिहिबार, पुष २४, २०८२  | साँझ ४:०५ बजे

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.१७ प्रतिशत अर्थात ४.५९ अंकले बढेर २ हजार ६४०.५४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२० प्रतिशतले बढेर ४५५.९३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर ४ अर्ब ९० करोड ८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा कम हो । अघिल्लो दिन भने ५ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

बिज्ञापन

आजको बजारबारे बजार जानकार निमानन्द कंडेल भन्छन्, ‘चुनावी माहोल राम्रो बन्दै जाँदा सेयरबजार पनि बढ्न खोजिरहेको जस्तो देखिएको छ । अहिलेको मार्केटको अवस्था ठ्याक्कै ठूलो अंकले पनि बढ्न नसकेको र भारि गिरावट पनि नआएको अवस्था छ । स–सानो अंकको उतारचढावले मार्केट चलिरहेको अवस्थामा केही दिनयता भने मार्केट घट्न रोकिएको जस्तो देखिन्छ । सम्भवतः पुस मसान्तपछि वा एक सातापछि चुनावको दीगोपनको परिणाम आउने र पुस मसान्तको दबाब पनि सकिने हुँदा बजार एक सातापछि बढ्न जस्तो देखिन्छ ।’

अर्का बजार जानकार गोविन्द प्रसाद घिमिरे भन्छन्, ‘अहिले बजारमा त्यस्तो ठूलो अंकको उतारचढाव छैन । चुनावी माहोल राम्रो बन्दै जाँदा मार्केट घट्न रोकिएको हो की जस्तो देखिन्छ । बजार घटिहाल्नुपर्ने त्यस्तो कारणहरु पनि छैन । केही दिनअघि अस्थिर राजनीतिका कारण लगानीकर्ताहरुमा मनोबल बढ्न नसक्दा बजारले लय लिन सकिरहेको थिएन । तर अहिले चुनावी माहोल बन्दै गएपछि दीर्घकालिन रुपमा लगानी गर्ने लगानीकर्ताहरु मुभ भएको देखिन्छ । लगानीकर्ताहरुले लङ टर्म इन्भेष्टमेन्ट गर्नका लागि फन्डामेन्टल रुपमा बलिया कम्पनीहरुको एकुमुलेसन गरेका कारण बजार घट्न रोकिएको छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटामा हरियाली छायो भने ६ वटामा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.४९ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.३० प्रतिशत, विकास बैंक ०.१८, होटल ०.४०, हाईड्रो ०.३२, जीवन बीमा ०.३३ र निर्जीवन बीमा समूह ०.२६ प्रतिशतले बढ्यो ।

फाइनान्स समूह आज सर्वाधिक घट्यो । यो समूहमा आज ०.४४ प्रतिशतको गिारवट आयो । लगानी समूहपनि आज ०.२० प्रतिशत, लघुवित्त ०.०३, म्युचुअल फण्ड ०.१९, अन्य ०.०७ र व्यापार समूह ०.२२ प्रतिशतले घट्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka