Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

बङ्लादेशमा अर्का नेताको गोली हानी हत्या

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, पुष २४, २०८२  | बिहान ११:३३ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । बंगलादेशमा चुनाव नजिकिँदै जाँदा राजनीतिक हिंसा निरन्तर बढिरहेको छ। हालै युवा नेता उस्मान हादीको हत्या भएको घटनापछि अवस्था थप तनावपूर्ण बनेको छ।

यसैक्रममा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को स्वयंसेवी संगठन स्वेच्छासेवक दलका नेता अजिजुर रहमान मुसब्बिरको मंगलबार राति गोली हानी हत्या गरिएको छ।

डेली स्टारका अनुसार ढाकाको कारवान बजारस्थित सुपर स्टार होटल नजिकै राति करिब साढे ८ बजे अज्ञात आक्रमणकारीले मुसब्बिरमाथि गोली प्रहार गरेका थिए। गम्भीर घाइते अवस्थामा उनलाई पन्थपाठस्थित बीआरबी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको ढाका महानगर प्रहरीका अतिरिक्त प्रहरी उपरीक्षक फजलुल करिमले जानकारी दिए।

सोही आक्रमणमा तेजगाउँ थाना वन श्रमिक युनियनका महासचिव सुफियान मसुद घाइते भएका छन्। पार्टी सदस्यका अनुसार मुसब्बिर साँझ एक कार्यक्रममा सहभागी भएर फर्कंदै गर्दा उनी र मसुदमाथि नजिकैको गल्लीमा दुई जना आक्रमणकारीले गोली चलाएका थिए। आक्रमणपछि आक्रमणकारीहरू पैदलै फरार भएका थिए।

घटनापछि आक्रोशित स्थानीय बीएनपी कार्यकर्ता र समर्थकहरूले सोनारगाँउ चोक नजिक विरोध प्रदर्शन गरेका छन्।

परिवारजन र पार्टीका नेताहरूका अनुसार मुसब्बिर अवामी लिगको शासनकालमा लामो समय जेलमा रहेका थिए र राजनीतिक कारणले पटक–पटक पक्राउ पर्दै आएका थिए।

फेब्रुअरी १२ मा तय भएको राष्ट्रिय चुनाव नजिकिँदै जाँदा हिंसात्मक घटना बढेपछि मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्न थालेको छ।

यसअघि युवा नेता उस्मान हादीको हत्यापछि उनका परिवारजनले चुनाव स्थगित गराउने उद्देश्यले हत्या गरिएको भन्दै युनुस नेतृत्वको सरकारमाथि आरोप लगाएका थिए।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka