Premier Cables
Premier Steel

राजनीति

शेखर भन्छन्- विशेष महाधिवेशन केन्द्रीय समितिले बोलाउनु पर्छ

Calendar मंगलबार, पुष २२, २०८२  | अपराह्न १:१४ बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको विशेष महाधिवेशन केन्द्रीय समितिले नै बोलाउनुपर्ने बताएका छन् ।

मंगलबार (पुस २२) काठमाडौंको बालुवाटारमा कांग्रेसका ३० भन्दा बढी केन्द्रीय सदस्यसँगको भेटमा उनले समितिले नै विशेष महाधिवेशन आह्वान गर्दा पार्टीभित्र एकताको सन्देश जाने बताए ।

बिज्ञापन

राष्ट्रियसभा र प्रतिनिधिसभाको समानुपातिक उमेदवार टुंग्याइएपछि विशेष महाधिवेशनमा जाँदा पार्टीका निम्ति हित हुनेमा उनले जोड दिए । “पक्षधरहरूसँग छलफल गरेर माघ ६ गतेपछि विशेष महाधिवेशन बोलाउँदा उचित हुन्छ,” डा. शेखरले भने, “त्यो बेलासम्म राष्ट्रियसभा तथा प्रतिनिधिसभाको मनोनयनका सबै प्रक्रिया सकिन्छन् । यसरी बोलाउँदा एकताको सन्देश पनि जान्छ ।”

भेटमा उनले केन्द्रीय समितिले विशेष महाधिवेशन डाक्दा सबैलाई मान्य हुने र आफू त्यसको वातावरण निर्माणमा लागिपरेको सुनाए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले गठबन्धन गर्न नहुने पनि उनले बताए । उनले पार्टीमा सुदृढ एकता आवश्यक रहेको औँल्याए ।

प्रत्यक्षतर्फ केही सिटमा लाभ लिन गठबन्धन गर्दा पार्टीभित्रको एकतामा संकट आउने उनले टिप्पणी गरे । त्यसले समग्र पार्टीप्रतिको विश्वास नै घट्ने उनको भनाइ थियो ।

भेटमा केन्द्रीय सदस्य पुष्पा भुसालले मध्यमार्गी विकल्पमार्फत पार्टी जोगाउन आग्रह गरिन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka