Premier Cables
Premier Steel

कोशी प्रदेश

निर्वाचन होला भन्ने छैन्, संसद पुर्नस्थापना हुनुपर्छः मुख्यमन्त्री कार्की

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, पुष १७, २०८२  | साँझ ५:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रेस चौतारी नेपाल, मोरङले हरेक वर्ष प्रदान गर्दै आएको शालिग्राम–मन्जु दाहाल पत्रकारिता पुरस्कार २०८२ उदयपुरकी पत्रकार रेणु पराजुलीलाई प्रदान गरिएको छ । उनलाई नगद २१ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको हो ।

पुरस्कार प्रदान गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले वर्तमान अवस्थामा जिम्मेवार र तथ्यपरक पत्रकारिताको आवश्यकता झनै बढेको बताए ।

बिज्ञापन

सो अवसरमा प्रेस चौतारी मोरङले नेकपा एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित जीवन घिमिरे, ऋषिकेश पोखरेल, पर्शुराम बस्नेत, दिलिप बगडिया, शिल्पा निराला कार्की तथा अनुशासन आयोग सदस्य राजमती इङनामलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

मुख्यमन्त्री कार्कीले भदौ २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलनपछि नेकपा एमाले मजबुत रूपमा उभिन सफल भएको दाबी गर्दै केही राजनीतिक दलहरू अझै उठ्ने प्रयासमै रहेको टिप्पणी गरे ।

देशको वर्तमान राजनीतिक अवस्थाबारे बोल्दै उनले आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न हुन्छ भन्ने कुरा अझै स्पष्ट नभएको बताए । निर्वाचनले मात्र देशका विद्यमान समस्याको समाधान गर्छ भन्ने ग्यारेन्टी नरहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री कार्कीले संसद पुनर्स्थापना गरी हाल उठेका मागहरूलाई सम्बोधन गर्दै राजनीतिक सहमतिका आधारमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka