Premier Cables
Premier Steel

राजनीति

तेजलाल कर्ण रास्वपामा गए

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, पुष १५, २०८२  | साँझ ६:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता तेजलाल कर्ण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।

तत्कालीन माओवादीबाट अलग भएर डा. बाबुराम भट्टराईले १२ वर्षअघि स्थापना गरेको नयाँ शक्ति पार्टीमा कर्ण सहभागी थिए। उनले आफू औपचारिक रूपमा रास्वपामा आबद्ध भएको जानकारी दिए।

बिज्ञापन

काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा कर्ण रास्वपामा प्रवेश गरेका हुन्। सो अवसरमा उनले डा. भट्टराईले वैकल्पिक राजनीतिको नाममा कार्यकर्तालाई भ्रममा पारेको आरोप लगाए। अन्ततः भट्टराई पुनः पुरानै माओवादी पृष्ठभूमिका नेताहरूसँग मिलेर पार्टी निर्माणमा लागिएको उनको भनाइ थियो।

‘वैकल्पिक राजनीति भनेर अघि बढियो, तर अन्त्यमा माओवादी विचारधाराभन्दा बाहिर निस्कन सकिएन,’ कर्णले बताए।

उनले डा. भट्टराईको पहलमा सुदन राईको संयोजकत्वमा तथा जनार्दन शर्मालगायतको परोक्ष संलग्नतामा गठन गरिएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)लाई ‘माओवादीहरूको नयाँ खोल’को संज्ञा दिए।

कर्णका अनुसार भट्टराईलाई नेतृत्व त्यागेर पूर्वप्रधानमन्त्रीको हैसियतमा सबै वैकल्पिक शक्तिहरूलाई एकताबद्ध गर्न आग्रह गरिएको थियो। ‘तर उहाँले केही व्यक्तिको स्वार्थमा केन्द्रित हुँदै फेरि नयाँ पार्टीको नाटक गर्नुभयो,’ उनले भने।

नेता कर्णले आउँदो प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने घोषणा पनि गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka