Premier Cables
Premier Steel

विराटनगर

ट्राफिक प्रहरीलाई २० थान ‘नो पार्किङ’ स्ट्यान्ड बोर्ड हस्तान्तरण

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, पुष १८, २०८२  | अपराह्न १२:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सडक सुरक्षा महिनाको अवसरमा विराटनगरमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले ट्राफिक प्रहरीलाई २० थान ‘नो पार्किङ’ स्ट्यान्ड बोर्ड हस्तान्तरण गरिएको छ।

ती बोर्डहरू सहरका व्यस्त तथा संवेदनशील सडक क्षेत्रमा राखी अव्यवस्थित पार्किङ नियन्त्रण गर्न प्रयोग गरिने बताइएको छ।

बिज्ञापन

मिडियासँग कुराकानी गर्दै रोटरी क्लब विराटनगर डाउनटाउन अध्यक्ष गिरिजा सारडाले सडक सुरक्षाका लागि संकेत चिह्नहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यस्ता सहयोगले ट्राफिक व्यवस्थापन सहज भई दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले सडक सुरक्षा महिनाको अवसरमा जनचेतना अभिवृद्धि गर्नु सबैको साझा जिम्मेवारी भएको पनि बताउनुभयो।

कार्यक्रममा ट्राफिक प्रहरीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। रोटरी क्लब विराटनगर डाउनटाउनले भविष्यमा पनि सडक सुरक्षा र जनहितसँग सम्बन्धित कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka