Premier Cables
Premier Steel

राष्ट्रिय

पौसे औंसीका दिन (शुक्रबार) धरानमा सार्वजनिक बिदा

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, पुष ०३, २०८२  | अपराह्न १:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धरान । सुनसरीको धरान उपमहानगरपालिकाले पौषे औँशीको अवसरमा शुक्रबार स्थानीय विदा दिएको छ। मंगलबार बसेको नगर कार्यपालिका बैठकले उक्त दिन स्थानीय विदा दिने निर्णय गरेको हो।

पुष ४ गते धरान उपमहानगरपालिका–२० स्थित विष्णुपादुका मन्दिरमा पितृ उद्दारका लागि पौषे औँशीका दिन धार्मिक मेला लाग्ने भएकाले स्थानीय विदा दिने एजेन्डा कार्यपालिका बैठकले पारित गरेको हो।

बिज्ञापन

यस निर्णयबारे नगर प्रमुख हर्कराज राईले बुधबार सूचना जारी गर्दै धरान उपमहानगरपालिकाको केन्द्रीय कार्यालय, मातहतका वडा कार्यालयहरू तथा स्वास्थ्य संस्था/कार्यालयहरूमा (अत्यावश्यक सेवाबाहेक) स्थानीय विदा दिइएको जानकारी दिएका छन्। साथै धरानभित्रका शैक्षिक संस्थाहरूमा समेत स्थानीय विदा लागू हुने सूचनामा उल्लेख गरिएको छ।

सूचनामा भनिएको छ, “यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति उपमहानगरपालिका क्षमाप्रार्थी छ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa