Premier Cables
Premier Steel

विराटनगर स्वास्थ्य

ग्रिनक्रस अस्पतालद्वारा नयाँ स्वरूप र व्यवस्थापनसहित स्वास्थ्य सेवा विस्तार

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, पुष ०२, २०८२  | साँझ ४:४६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । विराटनगरको अस्पताल चोकमा अवस्थित ग्रिनक्रस अस्पताल नयाँ स्वरूप र नयाँ व्यवस्थापनसहित स्वास्थ्य सेवा विस्तारमा अघि बढेको छ।

लामो समयदेखि स्वास्थ्य क्षेत्रमा सेवा प्रदान गर्दै आएको यस अस्पतालले आधुनिक प्रविधि र विशेषज्ञ चिकित्सकको टोलीसहित गुणस्तरीय उपचार सेवा सुरु गरेको हो।

बिज्ञापन

नयाँ व्यवस्थापनमा आएको ग्रिनक्रस अस्पतालमा अनुभवी तथा विशेषज्ञ डाक्टरहरूको टोली आवद्ध रहेको छ। अस्पतालमा प्रसूति सेवा, आकस्मिक (इमरजेन्सी) सेवा, जलेका बिरामीका लागि विशेष बर्न उपचार सेवा, आईसीयू, एनआईसीयू लगायतका अत्याधुनिक सुविधा उपलब्ध गराइएको छ। साथै, गुणस्तरीय बेड, स्वच्छ वार्ड र बिरामीमैत्री वातावरण अस्पतालको अर्को विशेषता रहेको छ।

अस्पतालले न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ सेवा सञ्चालन गरिरहेको संचालक समितिले जनाएको छ। अत्याधुनिक उपकरण, २४ घण्टा आकस्मिक सेवा, नर्सिङ सेवा तथा आवश्यक औषधि व्यवस्थापनमार्फत बिरामीलाई सहज र प्रभावकारी उपचार प्रदान गरिने अस्पतालले जनाएको छ।

विराटनगरमा लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको ग्रिनक्रस अस्पतालले आम नागरिकको विश्वास जित्न सफल भएको छ। बिरामीसँगै कुरुवाका लागि पनि विश्राम कक्ष, स्वच्छ वातावरण तथा आवश्यक सुविधाको व्यवस्था गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

नयाँ स्वरूपमा सञ्चालनमा आएको ग्रिनक्रस अस्पतालले मानविय सेवा, विश्वसनीय उपचार र सबै वर्गका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा लिन सक्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka