Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको ग्रिनक्रस अस्पतालभित्रै शवबाट सुन चोरी, परिवार आक्रोशित

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ ०३, २०८३  | साँझ ६:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाट सुनका मुन्द्रा हराएको घटनाले अस्पताल प्रशासनको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

आफन्तको विरोधपछि अस्पतालले सुन बराबरको रकम दिएर घटनालाई सामसुम पार्ने प्रयास गरेको आरोप लागेको छ।

बिज्ञापन

उदयपुरको त्रियुगा नगरपालिका–७ निवासी ४० वर्षीया सबिना दनुवार विष सेवनपछि जेठ १ गते अस्पतालमा भर्ना भएकी थिइन्। उपचारकै क्रममा आइतबार बिहान उनको मृत्यु भएको थियो। परिवारका अनुसार मृत्यु घोषणा हुनुअघि ईसीजी गर्ने भन्दै पर्दा लगाएर बिरामीको दुवै कानमा रहेको करिब एक तोला सुन बराबरको मुन्द्रा चोरी गरिएको हो।

भिडियो र सीसी क्यामेराले बढायो शंका
सुरुमा अस्पताल प्रशासनले सुन हराएको विषय अस्वीकार गरेको थियो। तर, उपचारकै क्रममा खिचिएको भिडियोमा मृतकको कानमा मुन्द्रा स्पष्ट देखिएको र सीसी क्यामेरा फुटेजमा पनि शंकास्पद गतिविधि भेटिएपछि अस्पताल प्रशासन पछि हट्न बाध्य भएको परिवारले जनाएको छ।

क्षतिपूर्ति दिएर मिलाउन खोजिएको आरोप
प्रहरीको उपस्थितिमा भएको छलफलपछि अस्पताल प्रशासनले दोषी कर्मचारीमाथि छानबिन गर्ने प्रतिबद्धता जनाउँदै मृतकका परिवारलाई एक तोला सुन बराबरको चेक दिएको छ। यद्यपि, अस्पतालका सञ्चालक कृष्ण खवासले घटनाबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिएका छन्।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार शवबाट सुन हराएको घटनाबारे गम्भीर अनुसन्धान सुरु गरिएको छ। अस्पतालजस्तो संवेदनशील क्षेत्रमा मृतककै शरीरबाट गहना गायब हुनु स्वास्थ्य संस्थाको सुरक्षा र विश्वासनीयतामाथि गम्भीर प्रश्न बनेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa