Premier Cables
Premier Steel

शेयर बजार

सामान्य अंकले बढ्यो शेयर बजार

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर २९, २०८२  | साँझ ४:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजार सामान्य अंकले बढेको छ ।

आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.२५ प्रतिशत अर्थात ६.७४ अंकले बढेर २ हजार ६०१.६१ विन्दुमा सीमित बनेको छ ।

बिज्ञापन

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४५ प्रतिशतले बढेर ४४७.५२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा स्क्रिप्टको ७७ लाख ५७ हजार ६२५ कित्ता सेयर ३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । गत शुक्रबार भने ४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘अहिले बजारले गति लिन नसक्नुको मुख्य कारण भनेकै लगानीकर्ताको मनोबल बढ्न नसक्नु हो । आजको बजार २६ सयभन्दा माथिको विन्दु बनाएर क्लोजिङ समयसम्म २६०१ विन्दु कायम गरेको छ । आजको बजारमा सामान्य सुधार देखिएपनि बजारले लय लिन सकिरहेको छैन । मार्केट पहिलो लेभलमा २५८० को विन्दु बनाएर फर्किन्छ भन्ने हो तर बजार बढ्नका लागि माहोल राम्रो देखिदैन ।’

उनले थपे, ‘जेनजी आन्दोलनपछिको अस्थिर राजनीतिका कारण लगानीकर्ताहरु सेयरबजारमा ढुक्कसँग लगानी गर्न सकिरहेका छैनन् । अझैपनि चुनाव समयमै हुने या नहुने कुराले लगानीकर्ता पर्ख र हेरको अवस्थामा नै छन् ।

यदि बजार ३ दिनअगाडी नै फर्केको भए केही हदसम्म माथि जान सक्थ्यो । चुनाव अगाडी अब बजारले सानो स्विङ मात्रै माथि जान सक्ने देखिन्छ । यदि चुनाव हुने निश्चित भएमा बजार डाउन ट्रेन्डमा गई फर्किएर अप ट्रेन्डको र्याली लिन सक्ने देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये ८ वटा समूहमा हरियाली छायो भने अन्य ५ सबै समूहमा रातो पोतियो । आज फाइनान्स समूह सर्वाधिक अर्थात ०.९० प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.७२ प्रतिशत, विकास बैंक ०.३३, हाईड्रो ०.०६, जीवन बीमा ०.३०, उत्पादन तथा प्रशोधन ०.५७, निर्जीवन बीमा ०.०७ र व्यापार ०.२७ प्रतिशतले बढ्यो ।

अन्य समूह आज सर्वाधिक अर्थात ०.१७ प्रतिशतले घट्यो । यस्तै होटल ०.११, लगानी ०.०८, लघुवित्त ०.०८ र म्युचुअल फण्ड ०.११ प्रतिशतले घट्यो ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka