Premier Cables
Premier Steel

राजनीति

एमाले ११औँ महाधिवेशन: आजबाट उमेदवारी दर्ता

Calendar सोमबार, मंसिर २९, २०८२  | बिहान ७:३९ बजे

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि उमेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ।

निर्वाचन तालिकाअनुसार सोमबार बिहान ८ देखि ९ बजेसम्म मतदाता नामावलीमा दाबी–विरोध र सुधारसम्बन्धी सूचना प्रकाशन गरिनेछ।

बिज्ञापन

त्यसपछि बिहान १० बजे दाबी–विरोधमाथि छानबिन तथा निर्णय हुनेछ भने १०ः१५ बजे अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ।

आज बिहान ९ देखि १२ बजेसम्म उमेदवारका लागि दर्खास्त फाराम वितरण गरिनेछ। साथै, १०ः३० देखि १ः३० बजेसम्म उमेदवारी दर्ता गर्ने समय तोकिएको छ। दिउँसो २ः३० बजे प्रारम्भिक उमेदवार नामावली प्रकाशन गरिनेछ र २ः३० देखि ३ः३० बजेसम्म उमेदवारीविरुद्ध उजुरी दिन सकिनेछ।

उजुरीमाथि दिउँसो ३ः१० बजे छानबिन तथा निर्णय गरिनेछ। सोही समयदेखि साँझ ५ बजेसम्म उमेदवारी फिर्ता लिने व्यवस्था गरिएको छ। अन्तिम उमेदवार नामावली बेलुका ६ बजे प्रकाशन गरिनेछ।

निर्वाचन कार्यतालिकाअनुसार पुस १ गते बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। मतदानपछि मतगणना गरिनेछ र निर्वाचन समितिले तोकेअनुसार नतिजा घोषणा गरिनेछ। नतिजा सार्वजनिक भएपछि प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम सम्पन्न हुने जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka