नोट: यो समाचार १ महिना अघिको हो
काठमाडौं । नेकपा (एमाले) नेतृत्व चयनका लागि मतदान सुरू हुन ढिलाइ भैरहँदा उम्मेदवारहरूले व्यक्ति र समूहगत रूपमै प्रचार-प्रसार तिव्र पारेका छन्।
केपी शर्मा ओली र उपाध्यक्ष ईश्वर पोखरेल समूहका उम्मेदवार र अन्य नेता कार्यकर्ताले पनि चुनाव जित्न आ-आफ्नो रणनीतिसहित प्रतिनिधिसँग मत मागिरहेका छन् ।
ओली मतदातासँग पुगेको नदेखिए पनि महासचिव शंकर पोखरेल र अरू उम्मेदवार प्रतिनिधिसँग मत माग्न भेटघाटदेखि नाचगानसम्म गरिरहेका छन् ।
यता संस्थापन पक्षमा पदाधिकारी पदका विषयमा असन्तुष्टि बढेपछि पोखरेल समूह उत्साहित देखिएको छ ।
अध्यक्षका उम्मेदवार पोखरेल र महासचिव सुरेन्द्र पाण्डेले व्यक्तिगत रूपमा पनि प्रतिनिधिलाई भेटेर मत मागिरहनुभएको छ ।
यस्तै अन्य उम्मेदवार पनि पार्टी रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि भन्दै प्रतिनिधिसँग मत मागिरहेका छन् ।
