Premier Cables

राष्ट्रिय

‘क्लिन स्विप’ सहित ४२ क्षेत्रमा एमालेको जमानत जफत

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण २८, २०८२  | अपराह्न १२:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ पहिलो शक्ति बनेको नेकपा एमाले यसपटक भने तेस्रो स्थानमा खुम्चिएको छ।

अघिल्लो निर्वाचनमा २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको एमालेले यसपटक झण्डै आधा मत गुमाउँदै १४ लाख ५५ हजार ८८५ मत मात्रै पाएको छ।

विज्ञापन

प्रत्यक्षतर्फ पनि एमालेको अवस्था कमजोर देखिएको छ। अघिल्लो चुनावमा ४४ सिट जितेको एमालेले यसपटक ९ सिटमा मात्रै विजय हासिल गरेको छ। ताप्लेजुङ, इलाम–२, संखुवासभा, धनकुटा, बाँके–२, दैलेख–२, अछाम–२, बझाङ र दार्चुलामा मात्र एमालेले जित हात पार्न सकेको छ।

निर्वाचन आयोगको विवरणअनुसार एमाले ४२ निर्वाचन क्षेत्रमा निकटतम प्रतिस्पर्धी बनेको छ। झापा–२, ४ र ५, तेह्रथुम, भोजपुर, मोरङ–२, खोटाङ, उदयपुर–२ लगायतका क्षेत्रमा एमाले दोस्रो स्थानमा सीमित भएको छ।

त्यसैगरी सिराहा–३, रौतहट–१, बारा–४, पर्सा–१, दोलखा, रामेछाप, सिन्धुली–१, धादिङ–१, भक्तपुर–२, मकवानपुर–२, लमजुङ, कास्की–२, नवलपुर–२, मुस्ताङ, म्याग्दी, गुल्मी–१ र २, पाल्पा–१, अर्घाखाँची, रूपन्देही–२, ४ र ५, रूकुमपूर्व तथा दाङ–२ मा पनि एमाले दोस्रो स्थानमा रह्यो।

यस्तै बाँके–३, बर्दिया–१, डोल्पा, मुगु, कालिकोट, दैलेख–१, सुर्खेत–१, बाजुरा, डोटी र कैलाली–२ मा पनि एमाले दोस्रो स्थानमै सीमित भयो।

निर्वाचन परिणामअनुसार एमाले ६१ क्षेत्रमा तेस्रो र ४२ क्षेत्रमा चौथो स्थानमा पुगेको छ। मोरङ–५, उदयपुर–१, सप्तरी–४, रौतहट–२, नवलपरासी बर्दघाट सुस्तापूर्व–२ र कैलाली–३ मा एमाले तेस्रो बनेको छ। मधेस प्रदेशअन्तर्गत सप्तरी–२, महोत्तरी–३ र सर्लाही–२ मा भने एमाले सातौँ स्थानमा झरेको छ।

यो निर्वाचनमा एमालेले झापा, मोरङ, सुनसरी लगायत तराई–मधेस क्षेत्रका साथै काठमाडौं उपत्यका जस्ता सहरी क्षेत्रको मताधार पनि गुमाएको देखिन्छ। कतिपय स्थानमा एमाले उम्मेदवारलाई धरौटी जोगाउन समेत कठिन भएको थियो।

झापा–१ र ३, मोरङ–३, ४, ५ र ६, सुनसरी–१, २ र ४, सप्तरी–२, ३ र ४, सिराहा–२ र ४, महोत्तरी–१, २ र ३, सर्लाही–१, २ र ३, रौतहट–२, ३ र ४, बारा–३, काठमाडौं–१, २, ३, ५, ७, ८, ९ र १०, भक्तपुर–१, ललितपुर–२ र ३, चितवन–२ र ३, गोरखा–१ र २, तनहुँ–१, रूपन्देही–१ र ३, कपिलवस्तु–२, दाङ–१, नवलपरासी–१ र २, कैलाली–१ र ३ तथा डडेलधुरासहित ४९ क्षेत्रमा एमाले उम्मेदवारको जमानत जफत भएको छ।

उम्मेदवारी दर्ता गर्दा निर्वाचन आयोगले १० हजार रुपैयाँ दस्तुर लिन्छ। कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारले उक्त रकम फिर्ता पाउँछन्। त्योभन्दा कम मत प्राप्त भएमा धरौटी जफत हुने व्यवस्था छ।

२०७९ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी एमालेका ७८ सांसद प्रतिनिधिसभामा थिए। तर आयोगको अद्यावधिक विवरणअनुसार आगामी संसदमा एमालेको प्रतिनिधित्व घटेर २५ मा सीमित हुने देखिएको छ। जसमा ९ जना प्रत्यक्ष र १६ जना समानुपातिकबाट संसदमा पुग्ने अनुमान गरिएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka