Premier Cables
Premier Steel

विराटनगर

पाथीभरा इङ्लिस बोर्डिङ स्कुलको ट्यालेन्ट शो सम्पन्न

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर २५, २०८२  | साँझ ६:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर–८, प्रगति विनायक टोलमा अवस्थित पाथीभरा इङ्लिस बोर्डिङ स्कूलले विद्यार्थीको प्रतिभा अभिवृद्धि गर्ने उद्देश्यले बिहीबार ‘ट्यालेन्ट शो–२०८२’ भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय परिसरमै आयोजित उक्त कार्यक्रममा १०१ विद्यार्थीले विभिन्न विधामा आफ्नो प्रस्तुति दिए।

स्कूलले नृत्य, गायन, वक्तृत्वकला, कविता लगायतका विविध विधा समेटेर प्रतियोगिता सञ्चालन गरेको सह–प्राचार्य सरोज यादवले जानकारी दिए। उनका अनुसार विद्यार्थीलाई कक्षाकोठाभित्रको पाठ्यज्ञान मात्र होइन, कक्षा बाहिरको सीप र आत्मविश्वास विकास गर्न पनि विद्यालय निरन्तर सक्रिय रहँदै आएको छ।

बिज्ञापन

हाल ४ सयभन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयले वर्षभरि नै प्रतिभा उत्थानमूलक कार्यक्रमहरू गर्दै आएको प्रधानाध्यापक सन्तोष कुमार रायले बताए। उनका अनुसार टेलेन्ट शोमा सहभागी १०१ मध्ये उत्कृष्ट प्रदर्शन गर्ने ३५ विद्यार्थीलाई ट्रफी र मेडलसहित प्रोत्साहन  गरिने छ।

कक्षा ८ सम्म अध्यापन हुने पाथीभरा इङ्लिस बोर्डिङ स्कूलले फरक तरिकाले सिकाइ प्रक्रियालाई अगाडि बढाउँदै विराटनगरको शैक्षिक क्षेत्रमा नयाँ उचाइ स्थापित गरिरहेको अभिभावकहरूले पनि प्रशंसा गरेका छन्।

बिहीबार आयोजित कार्यक्रममा विद्यार्थीहरूका साथै अभिभावकको समेत उल्लेखनीय उपस्थिति रहेको विद्यालयले जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka