Premier Cables
Premier Steel

अपराध विराटनगर

झुम्का कारागारबाट भागेको अपराधी पप्पुसिंह विराटनगरमा पक्राउ

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर २५, २०८२  | अपराह्न १:३८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । सुनसरीको झुम्का कारागारबाट तीन महिनाअघि फरार भएको कुख्यात अपराधी पप्पु सिंह (पप्पुकुमार यादव) विराटनगरमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बुधबार विराटनगर–१८ भेडियारी क्षेत्रमा लुकेर बसेका उनलाई नियन्त्रणमा लिएको हो।

बिज्ञापन

प्रहरीका अनुसार असई धनप्रसाद रिमालको नेतृत्वमा खटिएको टोलीले दिउँसो ३:४० बजे यादवलाई पक्राउ गरेको हो। सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-५ निवासी २९ वर्षीय यादव कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २४ वर्ष ८ महिना १५ दिन कैद सजाय भुक्तान गरिरहेका थिए। जिल्ला अदालत सुनसरीले २०८१ भदौ २५ गते उनलाई दोषी ठहर गरेको थियो।

अदालती फैसला कार्यान्वयनका क्रममा कारागारमा रहे पनि गत भदौ २४ गते जेनजी आन्दोलनका बीच उत्पन्न भीड–भड्काको मौका छोपेर यादव फरार भएका थिए। प्रहरीको अनुमानअनुसार उनी फरार भएपछि विराटनगर आसपासमै लुकेर बसेका थिए। निरन्तर निगरानी र विशेष सुराकीका आधारमा प्रहरीले उनलाई समात्न सफल भएको जनाएको छ।

हाल उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। यादवलाई सुनसरी प्रहरीले गत असार १७ गते इनरुवा नगरपालिका-३ बाट पक्राउ गरी कारागार चलान गरेको थियो। प्रहरीका अनुसार उनी विगतदेखि विभिन्न आपराधिक घटनामा संलग्न रहँदै आएपछि ‘कुख्यात अपराधी’का रूपमा चिनिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka