Premier Cables
Premier Steel

कोशी प्रदेश

झुम्का कारागारमा एक जना कैदीको मृत्यु

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक २४, २०८२  | अपराह्न २:१४ बजे
Hamro Biratnagar Headlines

धरान । सुनसरीको झुम्का कारागारमा एक जना कैदीको मृत्यु भएको छ ।

आइतबार बिहान करिब ५:३० बजे कारागारको ‘बी’ बन्दीगृहमा बन्दी ५३ वर्षीय सुधना सरदार अचेत अवस्थामा भेटिएका थिए ।
अचेत भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा ६:१५ बजे सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

बिज्ञापन

सरदार पहिलेदेखि नै डाइबिटिजका बिरामी थिए र नियमित रूपमा औषधि सेवन गर्दै आएका थिए ।

सरदारलाई जिल्ला अदालतको २ असोज २०८० सालको आदेशानुसार जिउ मास्नेबेच्ने (मानव बेचबिखन) मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय तोकिएको सो सजाय भुक्तानका क्रममा उनी झुम्का कारागारमा रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka