Premier Cables
Premier Steel

राष्ट्रिय

१०७ राजनीतिक दललाई निर्वाचन आयोगद्वारा चुनाव चिन्ह वितरण

Calendar सोमबार, मंसिर २२, २०८२  | बिहान १०:०२ बजे

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनाव चिन्ह प्रदान गरेको छ। मंसिर १ देखि १४ गतेसम्म आयोगमा दर्ता भएका दलहरूलाई आइतबार चिन्ह वितरण गरिएको हो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा दर्ता भएका १४३ मध्ये १०७ राजनीतिक दलले चुनाव चिन्ह प्राप्त गरेका छन्। कुल ११४ दल निर्वाचनमा सहभागी हुने जानकारी दिँदै भट्टराईले तीमध्ये ५ दलले संयुक्त रुपमा एउटै चिन्ह प्रयोग गरी प्रतिस्पर्धा गर्ने बताए।

बिज्ञापन

बाँकी १०२ दल भने एकल रूपमा चुनाव मैदानमा उत्रिनेछन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka