Premier Cables

समाचार

निर्वाचन सहयोगार्थ भारतले थप २२३ गाडी पठाउँदै

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, माघ २१, २०८२  | बिहान १०:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं। निर्वाचनलाई लक्षित गर्दै भारतबाट थप २२३ थान सवारीसाधन नेपाल ल्याइने भएको छ। भारत सरकारले उपहारस्वरूप उपलब्ध गराउन लागेको सवारीसाधनको यो तेस्रो खेप हो।

भारतीय दूतावास स्रोतका अनुसार तेस्रो खेपमा १५० थान डबल क्याब पिकअप महिन्द्रा स्कोरपियो र ७३ थान डबल क्याब पिकअप महिन्द्रा बोलेरो नेपाल भित्र्याइँदै छन्।

विज्ञापन

यसअघि पहिलो खेपमा ६१ थान सवारीसाधन नेपाल ल्याइएका थिए, जसलाई माघ ६ गते भारतीय दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। यसपटकको निर्वाचनका लागि भारत सरकारले साना–ठूला गरी कुल ५३८ थान सवारीसाधन नेपाललाई उपलब्ध गराउने जनाएको छ।

निर्वाचन प्रयोजनका लागि वस्तुगत सहयोगअन्तर्गत गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत भारत सरकारसँग सवारीसाधनको माग गरेको थियो। उपलब्ध सबै सवारीसाधन भारतीय दूतावासमार्फत गृह मन्त्रालयलाई हस्तान्तरण गरिने र गृह मन्त्रालयले आवश्यकता अनुसार सम्बन्धित निकायमा वितरण गर्ने व्यवस्था गरिएको छ।

उल्लेखनीय छ कि गत भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध र सुशासनको मागसहित जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनका क्रममा केही प्रहरी कार्यालयमा आगजनी हुँदा भवन तथा सवारीसाधनमा क्षति पुगेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka