Premier Cables
Premier Steel

प्रदेश

मधेशका मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने

Calendar मंगलबार, मंसिर १६, २०८२  | साँझ ७:१० बजे

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने जानकारी दिएका छन् ।

मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन दिएको परमादेशको प्रति प्रदेश प्रमुखको कार्यालयबाट मंगलबार ३ बजे प्राप्त भएकाले बुधबार दिउँसो २ बजे विश्वासको मत लिन लागेको जानकारी दिए ।

बिज्ञापन

परमादेशको प्रति प्राप्त भएपछि आफूले विश्वासको मत लिने व्यवस्था मिलाउन प्रदेशसभामा पत्र पठाएको उनको भनाइ छ ।

सर्वोच्च अदालतले गरेको आदेशको पूर्णपालना गर्न तयार रहेको उनको भनाइ छ । मुख्यमन्त्री यादवले विश्वासको मत लिने क्रममा सबै दलले सहयोग गर्ने दाबी गर्दै विश्वासको मत प्राप्त गर्ने सम्भावना बलियो रहेको बताए ।

उनले बिभिन्न दलसँग छलफल गरेको र सहयोग गर्ने जानकारी प्राप्त भएको बताए । विगतमा एमालेले अन्य दललाई सहयोग गरेकाले यसपटक अन्य दलले एमालेलाई समर्थन गर्ने उनको विश्वास छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka