२०८२ जेठ ०१, बिहिबार
Premier Cables

काठमाण्डौ सतुङ्गलको व्यापारिक कम्प्लेक्समा आगलागी

Hamro Biratnagar Calendar बिहिबार, जेठ ०१, २०८२

काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुङ्गलस्थित कपडा गोदाममा आगलागी भएको छ । आर.आर. कम्प्लेक्सको भुइँतलामा रहेको गोदाममा आज बिहान ५ः२० बजेतिर आगो लागेको हो ।

बिज्ञापन

६ वटा दमकल र १५ वटा पानी ट्यांकर प्रयोग गरी आज बिहान सात बजे आगो नियन्त्रणमा लिइएको थियो । क्षतिको विवरण भने आउन बाँकी रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिनुभयो ।

बिज्ञापन

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएका थिए ।जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरी बरिष्ठ उपरीक्षक विश्व अधिकारी, प्रहरी नायव उपरीक्षक सुन्दर तिवारी लगायत आगलागी भएको स्थानमा पुग्नुभएको थियो ।

प्रहरी वृत्त थानकोटबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा १५ जना, प्रहरी प्रभाग बलम्बुबाट प्रहरी निरीक्षकको कमाण्डमा १२ जना, मातातिर्थबाट ४ जना खटिएका थिए । बुधबार काठमाडौंको मखन टोलमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको थियो ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

Advertisement