Premier Cables
Premier Steel

अपराध

घरमा काम गर्ने किशोरको मृत्यु प्रकरण: पाँचथरका वडा अध्यक्ष कर्तव्य ज्यान मुद्दामा पक्राउ

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार २३, २०८३  | राती ९:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का वडा अध्यक्ष देउकुमार आङदेम्बे कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फाल्गुनन्द गाउँपालिका–७ निवासी अन्दाजी १५ वर्षीय टठेनहाङ आङदेम्बे २०८१ असार १४ गते वडा अध्यक्ष आङदेम्बेको घरमा काम गर्ने क्रममा नाक र मुखबाट रगत बगेको अवस्थामा आफू सुतेकै स्थानमा मृत फेला परेका थिए।

विज्ञापन

घटनापछि मृतकका बुवा खेमबहादुर आङदेम्बेले सोही दिन जिल्ला प्रहरी कार्यालय पाँचथरमा ज्यान सम्बन्धी कसुरमा लिखित जाहेरी दिएका थिए। त्यसपछि २०८३ असार ८ गते मृतककी आमा लालकुमारी चेम्जोङले पनि देउकुमार आङदेम्बेविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी दर्ता गराएकी थिइन्।

उक्त जाहेरीका आधारमा जिल्ला अदालत पाँचथर, फिदिमबाट २०८३ असार १० गते पक्राउ अनुमति जारी भएको प्रहरीले जनाएको छ। सोही अनुमति अनुसार जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले सोमबार (असार २३ गते) फिदिम नगरपालिका–४ स्थित फिदिम बजारबाट आङदेम्बेलाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेका आङदेम्बेलाई जिल्ला अदालत पाँचथरमा उपस्थित गराई सात दिनको म्याद थप अनुमति लिएको छ। हाल उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka