Premier Cables
Premier Steel

समाचार

मधेशका सभामुख रामचन्द्र मण्डलले ५ सांसदलाई पदमुक्त गरे

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २८, २०८२  | बिहान १०:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धनुषा । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाका ५ सदस्यलाई पदमुक्त गरेका छन्।

यस कदमपछि प्रदेशसभामा ७ राजनीतिक दलहरूले सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। कारबाहीस्वरुप, मण्डलले संविधानको धारा १८० (घ) बमोजिम लगातार १० वटा बैठकमा अनुपस्थित रहने ५ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्नुभएको हो।

बिज्ञापन

पदमुक्त हुने सदस्यहरूमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह, जसपाका मनिषकुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र शारदा-शंकर प्रसाद कलवार रहेका छन्। प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ कि यी सदस्यहरू संविधानको अनुसार लगातार १० बैठकमा अनुपस्थित रहेको कारण उनीहरूलाई पदमुक्त गरिएको हो।

यसअघि, कात्तिक २२ गतेको बैठकमा कार्यव्यवस्था परामर्श समितिको निर्णय विपरीत सभामुख मण्डलले प्रदेशसभामा संसदीय दलका नेतालाई रोस्ट्रम प्रयोग गर्न नदिएको र विपक्षी दलको उपस्थितिबिना सभा सञ्चालन गरेको आरोप लागेको थियो। यस घटनाले ७ दललाई सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न प्रेरित गरेको हो।

महाभियोग प्रस्ताव दर्ता गर्न प्रदेशसभा पुगेका १५ भन्दा बढी प्रदेशसभा सदस्यलाई सभामुख मण्डलका समर्थक, विशेषगरी एमालेका कार्यकर्ताहरूले थुनेका थिए।

पछि प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई सचिवालयबाट निकालिएको थियो। उल्लेखनीय कुरा भनेको, मण्डल एमालेको तर्फबाट मधेश प्रदेशको सभामुख नियुक्त भएका थिए, जबकि उहाँ माओवादी केन्द्रमा हुनुहुन्थ्यो नेकपा विभाजन अघि।

यसैबीच, मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले हिजो पदभार ग्रहण गर्नुभएको छ। सरकारले तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्दै कर्णलाई प्रदेश प्रमुखको रूपमा नियुक्त गरेको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa