Premier Cables
Premier Steel

अपराध

दमक र अनारमनी प्रहरी कार्यालय आगजनी गरी हतियार लुट्ने १४ जना पक्राउ

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक २६, २०८२  | साँझ ४:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापाको इलाका प्रहरी कार्यालय दमकमा तोडफोड, आगजनी तथा हातहतियार लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

भदौ २४ गतेको घटनामा साना–ठूला सवारीसाधनमा ढुंगामुढा, तोडफोड र प्रहरीका विभिन्न हातहतियार लुटपाट गरिएको थियो। घटनामा संलग्नहरूलाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बिज्ञापन

प्रहरीका अनुसार इलाम चुलाचुली गाउँपालिका–३ पेल्टीमारीका १९ वर्षीय सुजल राई र दमक नगरपालिका–७ का १९ वर्षीय गणेश शर्मा हातहतियार लुटपाट प्रकरणमा संलग्न रहेको भन्दै पक्राउ परेका छन्। उनीहरू विरुद्ध हातहतियार खरखजना, चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

यस्तै, कार्यालयमा ढुंगामुढा, तोडफोड र आगजनी गर्ने पाँचथर मिक्लाजुङ गाउँपालिका–५ का साजन लुहागुन (२१), दमक–३ का रियाज सिलवाल (१९), इलाम चुलाचुली–३ का नकुल अधिकारी (२२), दमक–१ का दिपचन महतो (३४) र दमक–६ का लोमस कटुवाल (२४) पक्राउ परेका छन्। उनीहरू विरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी सुरक्षा बेस क्याम्पमा सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको SLR राइफल लुटपाटमा संलग्न पाँचथर फाल्गुनन्द गाउँपालिका–७ का स्थायी बासिन्दा र दमक–३ बस्ने १७ वर्षीय आदित्य लिम्बु पक्राउ परेका छन्। उनलाई हातहतियार खरखजना ऐनअन्तर्गत थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा तोडफोड, ढुंगामुढा र आगजनीमा संलग्न व्यक्तिहरूले प्रहरी कर्मचारीलाई ज्यान मार्ने उद्देश्यले बाँसमा डोरीले बाँधी अमानवीय ढंगले घुमाएका थिए।

यस घटनामा संलग्न बिर्तामोड नगरपालिका–५ का २२ वर्षीय राजन चौधरी, २० वर्षीय आयुस धिमाल, कनकाई नगरपालिका–१ का ४२ वर्षीय गोपाल संग्रौला, अर्जुनधारा–७ की २४ वर्षीया पुजा मगर, २८ वर्षीय सुरज मगर र सुनसरी हरिनगर–१ का २२ वर्षीय साहिल अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू विरुद्ध आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।

यस्तै, सोही घटनामा संलग्न बिर्तामोड नगरपालिका–५ का २६ वर्षीय नवराज राईलाई ज्यान मार्ने उद्योगमा संलग्न रहेको अभियोगमा पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाका बाँकी सहभागीहरूको खोजी कार्य जारी छ र आवश्यक कानूनी प्रक्रिया अघि बढाइनेछ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka