विराटनगर । भारतको बिहार राज्यमा भएको विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको जोगवनी नाका मंगलबार साँझ खोलिएको छ ।
७२ घण्टाका लागि सीमानाका बन्द गरिंदा सर्वसाधारणको आउजाउ बन्द गरिएको थियो । बिहारमा दोस्रो चरणको निर्वाचन सिमावर्ती अररिया लगायतका जिल्लामा सम्पन्न भएको हो ।
नाका बन्दले दुबैतर्फ रोकिएका सर्वसाधारणको ठूलो घुइँचो लागेको थियो । गेट खोलिंदा सुरक्षा अधिकारीहरुले सर्वसाधारणलाई वारी पारी पठाएका थिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निर्वाचनको लागि ७२ घन्टाको समय सिमा तोकिएर लागाइएको ढाट निर्वाचन सकिएपछि आज ६:३० बजे पुन: खुलेको बताए ।
उनले भने,” अब पहिले जसरी सर्वसाधारण आवत जावत गर्न मिल्ने छ ।”
भारतको बिहार राज्यमा मंगलबार दोस्रो चरणको निर्वाचन सप्पन्न भएको छ । यश पटकको निर्वाचनमा ६७.१४ प्रतिशत मतदान भएको भारतिय संचार माध्यमले जनाएका छन
